शंकास्पद सुन अप्रेशन : छानविन समितिका संयोजक फेरिए

काठमाडौं । कमलादीस्थित नविल बैंक मोडमा काठमाडौं प्रहरीले गरेको ‘सुन अप्रेशन’ छानविन समितीका संयोजक फेरिएका छन् । महानगरीय प्रहरी कार्यालयले बुधवार अपराध महाशाखाका एसएसपी संयोजक रहेनगरी पाँच सदस्यिय समिति बनाएको थियो । तर, बिहीबार विहान थापाको स्थानमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवलाई संयोजक तोकेर समिति पुनर्गठन गरिएको छ ।

‘सुशील कुमार यादवको संयोजकत्वमा समिति पुनर्गठन भएको छ’ महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले भने–‘थापालाई छानविन समितिको सदस्यमा राखिएको छ ।’ समितिकी अर्का सदस्य एसएसपी किरण बज्राचार्यलाई हटाइएको छ । बज्रचार्य महानगरीय प्रहरी कार्यालयले बनाएको अर्को एउटा समितिको संयोजक रहेकाले दुवैतिर नराखिएको पोखरेलले बताए ।

दरबारमार्ग वृतका डिएसपी रञ्जन दाहाल नेतृत्वको टोलीले कमलादी मोडबाट साढे १४ केजी चाँदी, आधाकेजी सुन र दुईथान पेस्तोल बरामद गरेको थियो । काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनास्थल कमलादी भएको दाबी गरेपनि प्रहरीले घटनास्थल परिवर्तन गरेको छानविन समिती स्रोतले जानकारी दिएको छ ।

घटनामा प्रयोग भएको बा.६च ५५१९ नम्बरको स्कोर्पियो जीप अझै फेला परेको छैन् । स्कोर्पियामो सवार तीनजनालाई अपराध महाशाखाको समन्वयमा जिप्रका नवलपरासी पूर्वले पक्रेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close