संसद विघटन गरी २०७८ साल बैशाख २३ गते निर्वाचन गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल बैशाख २३ मा नयाँ निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको दुई तिहाईनिकट शक्ति रहेको संसद विघटन गरी ताजा जनादेशका लागि २०७८ बैशाख २३ गतेको मिति प्रस्ताव गर्नुभएको हो ।

आइतबार विहान आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर संसद् विघटनको प्रस्ताव पारित गराउनुभएको प्रधानमन्त्री ओली राष्ट्रपतिसमक्ष आफ्नो प्रस्ताव लिएर शितलनिवास जानुभएको छ ।

संसद विघटन गरी नयाँ निर्वाचनमा जाने प्रधानमन्त्रीको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदर गरिदिनुभएमा नयाँ संविधानपछि बनेको पहिलो संसद पनि अकालमै मृत्युवरण गर्न बाध्य हुने छ ।

संयोग के परेको छ भने नेपालको नयाँ संविधानमार्फत् गराइएको बहुदलीय प्रतिष्पर्धाअन्तर्गतका सबै संसदले अकालमै मृत्युवरण गर्नुपरेको छ ।

२०१५ सालको संविधानअन्तर्गत गराइएको निर्वाचनपछि बनेको निर्वाचित संसद २०१७ सालमा राजा महेन्द्रको कू पछि अकालमै मारिएको थियो ।

२०४७ सालको संविधानपछि बनेको पहिलो संसद २०५१ सालमा नेपाली कांग्रेसको आन्तरिक रडाकोका कारण मृत्युवरण बाध्य भएको थियो ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित गराउन नसकेपछि मध्यावधि निर्वाचनमा जाने निर्णय गर्दै संसद विघटन गराउनुभएको थियो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close