टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४, लामीडाँडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ का २० वर्षीय गौतम तामाङको मृत्यु भएको हो । उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा आज बिहान पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका १९ वर्षीय सांगी तामाङको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।
काभ्रेकै जिरो किलोबाट पाँचखालतर्फ आउँदै गरेको बा५ख ३४९४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा८५प ९०१७ नम्बरको मोटरसाइकलाई आज बिहान करिब ९ बजे ठक्कर दिएको थियो । ती दुवै सवारीसाधन र टिपर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close