बुटवल उपमहानगरपालिकामा भदौ ५ गतेसम्म लकडाउन

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकाले साउन २९ देखि भदौ ५ गतेसम्म नगरपालिका क्षेत्रमा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ ।

बुटवलमा रहेकालाइ बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय उपमहानगरनगरपालिकाले गरेको छ ।

लकडाउनमा उपमहानगरपालिका र वडा कार्यालय समेत अत्यावश्यक बाहेकका काम नहुने, वित्तीय संस्थारुले समय तालिका स्वीकृत गरी खोल्नुपर्ने र दूधका लागि बिहान ८ देखि ११ र साँझ ५ देखि ७ बजेको समय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close