
कााग्रेस सांसद सुजाता कोइरालाले सरकारलाई संसद अधिबेशन छिटो बलाउन आग्रह गरेकी छिन् ।
संसद नहुँदा आफूहरुले बोल्ने ठाउँ समेत नभएको उनको भनाई छ ।
आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले भनिन्, ‘पार्लियामेन्ट छिटो सञ्चालन हुनुपर्याे । हामीले कुरा पनि राख्न पाएका छैनौँ । अधिबेशन छिटो बोलाउनुपर्याे ।’
सरकारको स्पष्ट नीति पनि नभएको उनको भनाई छ । सरकार विश्वसनिय नभएको कुरा जनताबाट आइरहेको समेत उनले बताइन् ।
सरकारबाट स्पष्ट नीति नआएको उनको आरोप छ ।
‘यो सरकार रिलायबल छैन भन्ने कुरा जनताबाट आएको छ । स्पष्ट नीति आउँदैन, त्यसकारण एउटा लाइनमा हिँड्छ फेरी झट्ट अर्काे कुरा गर्छ । यसले गर्दा सरकारको फितलोपन देखिन्छ । पार्लियामेन्ट हुनुपर्याे। हामीले कुरा पनि राख्न पाएका छैन । कोरोना भ्याक्सीन कहिले आउने हो, त्यसमा पनि पोलिटिक्स नहोस्,’ उनले भनिन् ।