सल्यान अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानको जिल्ला अस्पताललाई कोरोना नियन्त्रण तथा रोकथामका लागि अत्याबश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्धेश्यले आज शनीवार मन्त्री ज्वालाले स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा। अर्जुन कुमार बुढालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

जसमा पिपिई सेट ४० थान, फेस शिल्ड ४० थान, थर्मल गन २ थान, थर्मामिटर १० थान र एन ९५ मास्क २४ थान रहेका छन् । जिल्ला अस्पतालका साथै आवश्यकता अनुसार प्राथामिक स्वास्थ्य केन्द्रहरु तथा पालिकास्थित स्वास्थ्य संस्थाहरुलाई समेत उपलब्ध गराउने गरी जिल्ला अस्पताल सल्यानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

कोरोना भाइरसको जोखिमबाट नागरिकलाई सुरक्षित राख्न स्वास्थ्य सामाग्रीको आबश्यकता पर्ने भएकाले सो आबश्यतालाई थोरै भएपनि सम्बोधन गर्नका लागी केही अत्याबश्यकिय स्वास्थ्य सामाग्री सल्यान अस्पताललाई उपलब्ध गराईएको मन्त्री ज्वालाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close