इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु

उत्तरी गाजापट्टीको जबलिया शिविरमा आफ्नो घर फर्कने क्रममा प्यालेस्टाइनीहरूमाथि इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टाइनी शरणार्थीहरूको लागि जबलिया शिविरमा विस्थापित मानिसहरूमाथि लक्षित गरी आक्रमण गरेको थियो । आवासीय घरहरू र एक आश्रय केन्द्रमा पनि मिसाइलहरू प्रहार गरेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close