काठमाडौंको मौसम अझै ३ दिनसम्‍म नखुल्ने

१६ चैत, काठमाडौँ। काठमाडौं उपत्यका वरपर अझै तीन दिनसम्‍म तुवालो रहने भएको छ ।

सोमबार जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै आगामी ३ दिनसम्‍म वायुमण्डल स्थिर अवस्थामा रहिरहने उल्लेख गर्दै विषम मौसमको अवस्थामा तत्काल सुधार नहुने बताएको छ ।

विभागले त्‍यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुँवालोको अवस्था भने डढेलोमा निर्भर रहने जनाएको छ ।

यस्तै विभागले तुँवालोका कारण आँखा पोल्‍ने, श्वासप्रश्वासमा समस्या हुने भएकाले अत्यावश्‍यक कामबाहेक घर बाहिर ननिस्कन र निस्किनै परे मास्क लगाएर सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close