राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन हुनुभएको छ ।
शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए ।
राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् । शनिबार बसेको बैठकले संसदीय दलको विधान पनि पास गरेको नेता तामाङले जानकारी दिनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close