पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।
श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिनुभएको थियो ।
वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनु भएको थियो ।
विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बन्नुभएको थियो । उहाका ६ छोरा र एक छोरी छन् ।
उहाँको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close