कर्णालीमा तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगीता

सुर्खेत १३, चैत्र ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगीता सञ्चालन भएको छ । । नेपाल तेक्वान्दो संघ महिला सशत्तिकरणको आयोजनामा तेस्रोे राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगीता सञ्चलन भएका हो ।
प्रतियोगितामा राखेपका सदस्य सचिव रमेश शिलवालले महिला सशक्तिकरणमा खेलकुद आवश्यक रहेको बताउदै आगामी दशौं राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले दिनरात नभनी भौतिक पूर्वाधार बनाउन आवश्यक रहेको बताउनु भयो । प्रदेशका कुन कुन क्षेत्रमा कुन र कस्ता खेल सञ्चालन गर्ने भन्ने बारे पनि प्रदेश सरकार र सरोकार निकायले कसरत रहेको बताउनु भयो । महिला खुल्ला तेक्वान्दो जस्ता खेल आयोजना गरेर प्रदेशमा खेलकुदका गतिविधि सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
प्रतियोगितामा कर्णाली प्रदेश लगायत अन्य प्रदेशका महिला तेक्वान्दो खेलाडी सहभागि भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख नगद, द्धितीयलाइ ५० हजार, तृतीयलाई २५ हजार नगद पुरस्कार रहेको खेलकुद परिषद् राखेपका सदस्य, तेक्वान्दोकी अन्तर्राष्ट्रिय प्रशिक्षक नन्दा बस्यालले बताउनु भयो ।
प्रतियोगिताको उद्घाटन गर्दैै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलकुद सवैलाई आवश्यक रहेको भन्दै प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो । आम नागरिकलाई स्वस्थ्य रहनका लागि पनि खेल आवश्यक हुने हुदाँ प्रदेश सरकारले भौतिक पूवार्धार विकास र खेलाडिको क्षमता वृद्धिका लागि खेलकुद परिषद गठन गरेर काम गरि सकेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close