मुसोम र उद्योग वाणिज्य महासंघबीच सम्झौता

सुर्खेत,७ चैत । आर्थिक स्रोतको खोजी गर्न मध्यमपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशबीच सम्झौता भएको छ ।

आर्थिक स्रोतको खोजी, कर्णाली प्रदेशमा रहेका उद्यमी तथा जनशक्तिलाई परिचालन गर्न र व्यवसायीसँग व्यवसायीक सम्भाव्यताको पहिचान गर्न शनिबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशबीच १७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सो पत्रमा कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदम बहादुर शाही र स्कुल अफ म्यानेजमेन्ट (मुसोम) का निर्देशक डा.सुशिल कुमार शाहीले हस्ताक्षर गरेका हुन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्द बहादुर सिंहले यो सम्झौताले कर्णालीमा भएका जनशक्तिलाई सिक्ने, बिक्ने र टिक्नेमा सहयोग पु¥याउने अपेक्षा गरे ।

उपकुलपति सिंहले ज्ञान, सिप र क्षमताको सहकार्य हुन सके मात्र देश समृद्ध हुने् बताए ।
यस्तै उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहीले यो समझदारीलाई लागु गरी यहाँको जनशक्तिलाई आत्मनिर्भर र स्वरोजगार हुनेमा सहयोग पुग्ने बताए ।

कर्णाली प्रदेशमा रहेका सम्भाव्यता उत्पादनको पहिचान गर्न र त्यसको व्यवस्थित गर्न, बजारिकरण गर्न सहयोग पुग्ने समझदारी पत्रमा जनाइएको छ ।
उक्त समझदारी पत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) तथा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले कर्णालीमा रहेका व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न र यहाँ आयात, नियात हुने वस्तुको अभिलेखिकरण गर्ने कुरा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close