मृतक महिलामा कोरोना पोजेटिभ, कर्णाली प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या सात पुग्याे

सुर्खेत, १५ असोज ।
भेरीगंगा १ सुर्खेत घर भई वीरेन्द्रनगर ११ पिपीरा बस्दै आएकी ३५ बर्षिया एक मृतक महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृष बहादुर शाहीका अनुसार मंगलबार भाडामा बस्ने कोठामा मृत्यु भएर पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल लगिएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
मृतक महिलाका ६० बर्षिय श्रीमानलाई अत्यधिक ज्वरोका कारण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अस्पतालमा श्रीमानको मृत्यु भएपछि कोठामै भएकी महिलाको रहस्यमय मृत्यु भएपछि आफन्तले पोष्टमार्टमका लागि शव प्रदेश अस्पताल लगेका थिए । मृत्युपछि कोरोना पोजेटिभ देखिएकी महिलाको श्रीमानको दाहसंस्कार भइ सकेको छ । मृतक महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ ।
यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close