सुर्खेतमा साढे ५६ लाखमा खुसी सावुन उद्योग सञ्चालन

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक जना युवाको व्यक्तिगत लगानीमा पहिलो पटक सावुन उद्योग सञ्चालनमा आएको छ । उद्योगले खुसी ब्राण्डको सावुन उत्पादन बजारमा ल्याएको छ ।
पचाँलझरना ८ कालिकोटका नमराज सँञ्जालले वीरेन्द्रनगर ३ सुर्खेतको आफ्नै जग्गामा खुसी सावुन उद्योग सञ्चालन गरेका हुन । करिव ५६ लाख ५० हजारको लागतमा सावुन उद्योग सञ्चालन भएको छ । करिव १५ बर्ष विभिन्न गैरसरकारी संस्थामा काम गरेका सँञ्जालले प्रदेशमा आवश्यक सावुनका लागि आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग सञ्चालन गरेको बताए । उनले परीक्षणका रुपमा उद्योगले उत्पादन बजारसम्म पु¥याएको बताए । ‘सरसफाइ सम्बन्धिको अनुभवलाई व्यवहारिक जीवनमा उर्तानका लागि सरसफाइ सम्बन्धि व्यवसाय गर्ने सोच भयो, त्यसको उत्तम विकल्प सावुन बन्यो ।’ सञ्चालक सञ्जालले भने ‘हरेक व्यक्तिका लागि सावुन अत्यावसक भएकाले यस क्षेत्रमा बजार फराकिलो भएकाले उद्योग खोले ।’
जागिर भन्दा जाँगर गर्नु भन्ने मान्यता भएकाले उद्योग खोलेको उनले बताए । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीको असरले उद्योगले निर्धारण समयमा बजारमा उत्पादन पठाउन ढिलो भएको उनको भनाइ छ । रोजगारीका लागि जापान जाने सपना त्यागेर घरमै व्यवसाय गर्न थालेका सँञ्जालको उद्योगमा अहिले ८ जनाले रोजगारी पाएका छन् । सरकारले लकडाउन खुकुलो पारेसँगै सञ्चालनमा आएको उद्योगले हालसम्म ८ सय पेटी सावुन बजार पु¥याएको छ ।
मेसिन औजार तथा पूर्वाधारमा करिव ४० लाख खर्च गरेको उद्योगले भारतबाट कच्चा पदार्थ भित्राएको छ । अन्य सावुनको तुलनामा सानो आकार देखिएपनि २ सय २० ग्रामको तौलमा एउटा सावुन उत्पादन भएको सञ्चालक सँञ्जालले बताए ।

smart

कच्चा पदार्थ, जनशक्ति लगायत लागत खर्च कटाएर एउटा सावुन उत्पादनमा करिव २५ रुपैया लगानी हुने गर्दछ । कर्णाली प्रदेशको स्थानीय उत्पादनमा रहेको खुसी सावुन उत्पादन उद्योगले प्रदेशका सवै जिल्लाहरुमा बजार व्यवस्थापनको कामलाई तीव्रता बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close