उच्च अदालत सुर्खेतले लक्ष्य भन्दा १ सय ५० प्रतिशत बढि मुद्दा फछ्र्यौट

सुर्खेत ५, असार । उच्च अदालत सुर्खेतले चालु आर्थिक बर्षको लक्ष्य भन्दा १ सय ५० प्रतिशत बढि मुद्दा फछ्र्यौट गरेको छ । यस बर्षको असार मसान्तसम्म ५ सय ६० मुद्दाको टुंगो लगाउने लक्ष्य राखेको अदालतले जेठ मसान्तसम्म ६ सय ७५ थान मुद्दा फछ्र्यौट गरेको हो । जुन कुल मुद्दाको ६७ दशमलव १० प्रतिशत हुन आउछ ।
उच्च अदालत सुर्खेतका रजिष्ट्रार अर्जुन प्रसाद कोईरालाका अनुसार चालु आर्थिक बर्षमा १ हजार ६ थान मुद्दा संख्या रहेका थिए । जसमध्ये अदालतमा ६ महिना भित्र दर्ता भएका २ सय २५ थान, ६ महिना नाघेका ९० थान, १ बर्ष नाघेका ६ थान र १८ महिना नाघेका १० थान गरी ३ सय ३१ मुद्दा बाकि रहेका छन् । उहाँका अनुसार गतबर्षको तुलनामा यस बर्ष पुनरावेदन दर्ता संख्या तुलनात्मक रुपमा निकै बढि रहेको भए पनि फछ्र्यौट दर निकै बढि रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close