
सुर्खेत,२८ माघ । वैदेशिक रोजगारका चुनौती र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
बुधबार वीरेन्द्रनगरमा समता फाउण्डेशनको आयोजनामा सरोकारवालाहरुसँग छलफल गरिएको हो ।
उपस्थित सहभागीहरुले प्रदेश तथा स्थानीय सरकारले वैदेशिक रोजगारीको साटो स्वदेशमैं स्वरोजगार बनाउने खालका नीति तथा कार्यक्रमहरु ल्याउन सुझाव दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सभाकी उप—सभामुख पुष्पा घर्ति विष्टले प्रदेश सभामा थुप्रै कानुन बनेपनि वैदेशिक रोजगारीको सम्बन्धमा कानुन बन्न नसकेकोमा दुःख व्यक्त गरिन् ।
सरकार र कानुनसँगै सहकार्य गर्दै जानुपर्ने बाध्यता भएकोले पनि कानुन निर्माणमा अप्ठ्यारो भएको उप—सभामुख घर्तीको भनाई छ ।
अहिलेसम्म पनि कानुन नबन्दा नागरिकलाई अन्यौलता सिर्जना भएको बताइन् । यस्तै प्रदेश सभाका सांसदद्वय पद्मा खड्का र सुशील थापाले आफुहरुलाई जनताले पाँच बर्षको लागि थुप्रै आशाका साथ पठाएपनि अपेक्षा अनुसार काम हुन नसको टिप्पणी गरे ।
रेमिटान्सले धानेको देशमा वैदेशिक रोजगार सम्बन्धी कानुन नै नबन्दा रोजगारीको शिलसिलामा विदेश गएका कर्णालीका युवाहरुलाई निकै सकस हुने गरेको समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले बताए ।