गोकर्ण रिसोर्टसगँको गरेको सम्झौता नवीकरण खारेज गर्न माग

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले गोकर्ण रिसोर्टसगँको गरेको सम्झौता नवीकरण खारेज गर्न माग गरेको छ ।

गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको करिव तीन हजार रोपनी जग्गाको पुरानो सम्झौता अवधि झण्डै ६ वर्ष बाँकी रहेको अवस्थामा अपारदर्शी ढङ्गबाट हतार हतारमा पुरानै यति होल्डिङ्स प्रालिलाई थप २५ वर्षका लागि लिजमा दिएको भन्दै ट्रान्सपरेन्सीले विरोध जनाएको छ ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने सरकारको दाबीलाई यो निर्णयले निरर्थक बनाएको अध्यक्ष खेमराज रेग्मीले विज्ञप्तिमार्फत जनाएका छन् ।

सार्वजिनिक खरिद ऐनको ठाडो उल्लंघन गरी स्वस्थ प्रतिस्पर्धा विना नेपाल ट्रष्ट स्थापना गर्दाको मूल मर्म विपरीत ब्यापारिक प्रतिष्ठानसँग गुपचुपमा सम्झौता गरी राष्ट्रिय सम्पतिको दुरुपयोग गरिएको ट्रान्सपरेन्सी नेपालले उल्लेख गरेको छ ।

यसलाई कुनै पनि तर्कका आधारमा असल नियतले गरिएको भन्न नसकिने विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close