ज्वाईंको घुस, जेठानको लगानी, दुबै परे अख्तियारको फन्दामा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगल विराटनगर भन्सार कार्यालय मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शुक्रबार बस्नेतले विदेशबाट समान आयात गर्न घुस लिँदै गर्दा अख्तियारको टोलिले रंगेहात पक्राउ गरेको थियो । बस्नेतसँगै उनका जेठानलाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अनुसन्धानमा ज्वाईं सेवाग्राहीसँग घुस खाने र जेठान त्यसलाई वैधानिक बनाउन अन्य व्यवसायमा लगानी गर्ने गरेको तथ्य अख्तियारले फेला परेको छ ।

अख्तियारको टोलीले बस्नेतलाई विदेशबाट सामान आयात निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरिएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १७ लाख घुससहित पक्राउ परेका थिए । घुससहित पक्राउ परेपछि अख्तियारले ज्वाईं जेठानको घुस व्यवसायबारे जानकारी पाएको हो । उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र बिगो तथा जरिवाना गर्न माग गरेको छ । साथै बस्नेतले घुसबापत लिएको रकम आफ्ना जेठान नविनकुमार गौलीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको भन्दै उनलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

२०५९ को दफा ३ को उपदफा (२) को कसुर गरेको देखिँदा नविनकुमार गौलीलाई बिगो रु. १७,००,०००।– (सत्र लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भए बमोजिम सोही ऐनको दफा २ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी घुस रिसवतबापत लिएको रकमसमेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुलउपर गरी जफत हुन समेत मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close