राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन एनेसे नियुक्त

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन भिन्सेन्जो अल्बर्टो एनेसे नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको चौथो कार्यकारी समितिको बैठकले अनेसेलाई राष्ट्रिय टिमको मूख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो।
एन्फाले केही महिनाअघि मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको थियो। सो सूचनापछि एन्फामा १६८ जनाको आवेदन आएको थियो। प्रशिक्षकहरुको आवेदन आएपछि एन्फाको छनोट समितिले समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो। उनी अन्तवार्ताका लागि नेपाल आएका थिए। र, उनलाई एन्फाले मूख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close