एसईई वैशाखमा हुने

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई हुने भएको हो । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई वैशाखमा लिने निर्णय गरिएको बताए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाबारे आन्तरिक गृहकार्य भइरहेको बताउनु भएकाे छ  ।

कोरोना महामारीका कारण दुई वर्षयता अनलाइनरभर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन गरिँदै आएको छ । आर्थिक अवस्था कमजोर रहेका तथा दुर्गम भेगका विद्यार्थीको भर्चुअल कक्षामा पहुँच विस्तार हुन सकेको छैन । देशभरका विद्यालयले विद्यार्थीको मूल्यांकन गरी प्राप्तांक पठाएपछि त्यसैअनुसार परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गर्ने गरेको छ । गत वर्ष ५ लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए । यो वर्ष परीक्षार्थी संख्या यकिन हुन बाँकी छ ।

मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७९ को पठनपाठन वैशाखमै सुरु गर्ने तयारी गरेको जनाएको छ । त्यसनिम्ति कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ प्रक्रिया चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close