कोरोना संक्रमणबाट प्रदेश अस्पताल सुर्खेतका डा. सापकोटाको निधन

सुर्खेत, १५ असोज ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. हरि सापकोटा कोरोना संक्रमणका कारण निधन भएको छ । ५९ बर्षिय डा. सापकोटालाई कोरोना संक्रमण भएपछि भेरी अस्पताल नेपालगञ्जको आइसीयुमा राखिएको थियो ।
लामो समयदेखि प्रदेश अस्पताल कालागाँउमा कार्यरत वरिष्ट अर्थेपेडिक सर्जन डा. सापकोटा मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेकाले सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो ।
यसै बीच डा. सापकोटाको निधनप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले कोरोना संक्रमणबाट चिकित्सा क्षेत्रकै अग्रज तथा अभिभावक गुमाएकोले सवै सचेत हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै निर्देशक डा. खड्काले कोरोनालाई हल्का रुपमा नलिन आग्रह गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close