सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्न प्रतिबद्धता

चैत ८,सुर्खेत । सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धी अन्तक्रिया कार्याक्रम आज सुर्खेतको भेरीगंगामा सम्पन्न भएको छ । सुर्तिजन्य पदार्थको सेवनबाट मानब शरिरमा पर्ने असर तथा यसको रोकथामको उपायको बारेमा पत्रकारसगं छलफल गरिएको छ । नेपालमा हाल २७१३७ जना हरेक बर्ष सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगको सिकार हुने सरकारी तथ्यांकले देखाउछ । यो कुल मुत्युको १५ प्रतिशत हो । भेरीगंगा नगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने १० वटा प्रतिबद्धता समेत गरेको छ । कार्यक्रम भेरीगंगा नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close