कम हुँदै पश्चिमी वायुको प्रभाव, आजभन्दा भोलि मौसम सफा हुने

काठमाडाैं । पश्चिमी वायुको प्रभाव कम भएसँगै मौसम सफा हुँदै गएको छ ।
गत हप्ता देशका धेरै ठाउँमा पूर्ण रुपमा बदली गराएको प्रणाली कमजोर हुँदै गएकाले मौसम खुल्दै गएको मौसमविद्ले बताउनु भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार देशका धेरै ठाउँमा आजभन्दा भोलि मौसम सफा हुनेछ ।
आज दिउँसो प्रदेश १ तथा बाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। यस्तै प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । यस्तै शनिबार दिउँसो प्रदेश१, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । आइतबार दिउँसो प्रदेश१, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close