ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रेइनलाई कोरोना संक्रमण पुष्टी भएको छ। ओ ब्रेइन ट्रम्प प्रशासनमा कोरोना संक्रमण पुष्टी हुने सबैभन्दा माथिल्लो तहका व्यक्ति हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार ओ ब्रेइनले अन्तिम पटक ट्रम्पलाई कहिले भेटेका थिए भन्ने यकिन हुन सकेको छैन। तर उनीहरू अन्तिम पटक १० जुलाईमा ट्रम्पको मियामी भ्रमणको क्रममा संगै देखिएका थिए।

सीएनएनले ह्वाइटहाउस स्रोतलाई उद्धृत गर्दै उनी ‘सेल्फ आइसोलेसन’मा बसेर काम गरिरहेका छन्। सीएनएनको स्रोतका अनुसार यस विषयमा उनको कार्यालयका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद्का अन्य स्टाफहरूले यस विषयमा जानकारी पाएका छैनन्।

उनी केही समयअघि यूरोपबाट फर्किएका थिए, त्यहाँ उनी र उनका सहायकले यूके, फ्रान्स, जर्मनी र ईटलीका अधिकृतलाई भेट गरेका थिए।

एकजना वरिष्ठ अधिकारीका अनुसार ओ ब्रेइन गएको बिहीवार कार्यालयमा देखिएका थिए भने त्यसपछि करिब हप्ता दिनदेखि घरमै बसेर काम गरिरहेका छन्। ह्वाइटहाउसको विज्ञप्तिमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति दुवैलाई संक्रमणको खतरा छैन।

स्राेत:  हिमाल खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close