गोग्ली डाँडागाउँ खानेपानीको अध्यक्षमा पाण्डेय

सुर्खेत । घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित गोग्ली डाँडागाउँ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा देविराम पाण्डेय निर्वाचित भएका छन् । समितिको भएको निर्वाचनमा पाण्डेयले आफ्ना प्रतिस्पर्धी शेषमणी खनाललाई २४५ मतका साथ पराजित गरेका हुन् । खनाले १३५ मत ल्याउँदा पाण्डेले ११० मतान्तरले पराजित गरेका हुन् ।
कार्यसमितिमा पाण्डे प्यानल नै विजयी भएको छ । जसको सचिवमा खुसलराम शर्मा, कोषाध्यक्षमा चुमा भण्डारी, सदस्यमा जानका गोराथोकी पाण्डेय, सिता पाण्डेय, लेखराज सुवेदी, लक्ष्मण चौधरी, रामु चौधरी, कृष्ण कुमार न्यौपाने, खुसल श्रेष्ठ र राम बहादुर बुढाथोकी निर्वाचित भएका छन् ।
कुल ४९२ मत मध्ये ३९७ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष पाण्डेले पदभार सम्हाल्दै गोग्ली डाँडागाउँ खानेपानी आयोजनालाई चुस्त दुरुस्त पार्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । खानेपानी आयोजनामा आएका समस्यालाई समाधान गर्न विभिन्न निकायसँग समन्वय गरेर अगाडी बढ्ने अध्यक्ष पाण्डेको भनाई छ । उक्त आयोजनाबाट स्थानीय करिब पाँचसय घरधुरी लाभान्वित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close