मिडिया हाउसलाई एक —एक लाख रुपैयाँ दिइने

सुर्खेत,२७ माघ । कर्णालीका एफएम रेडियो विकासका लागि सबै एफएम रेडियोलाई एक रएक लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

कर्णालीका एफएम रेडियोलाई सूचना प्रकाशन र प्रसारण वापत एक लाख दिने निर्णय गरेका छौ भण्डारीले भने, सुरुवातमा यसको ५० प्रतिशत रकम उपलब्ध गराउँछौ र सूचना प्रकाशन पछि पुरा रकम उपलब्ध गराउँछौ । मन्त्री भण्डारीले एफएम रेडियोसँगै अन्य पत्रपत्रिकाका लागि पनि केही रकम छुट्याएको बताए ।

उनले केबल टेलिभिजन र सिनेमा हललाई पनि एकरएक लाख रुपैयाँ प्रदान गरिने बताए ।
छापा माध्यमलाई कति दिने भन्ने बारेमा छलफल भइरहेको मन्त्री भण्डारीको भनाइ छ ।
मन्त्री भण्डारीले कर्णालीका पत्रकारहरुका लागि दुर्घटना विमाको कार्यक्रम ल्याएको बताए ।

‘हामीले पत्रकारिता विषय अन्र्तगत स्नानतकोत्तर अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरेका छौ,’ उनले भने, ‘कर्णालीका पत्रकारहरु छात्रवृत्तिबाट पत्रकारिता विषय अध्ययन गरिरहेका छन ।’
कार्यक्रममा मन्त्री भण्डारीले अनुसन्धान गरि स्रोतको पुष्टि हुने गरि समाचारहरु सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे ।

‘अहिले कतिपय मिडियामा त्रुटीपूर्ण समाचारहरु पनि आइरहेका छन्,’ उनले भने, ‘अनुसन्धान बिना नै समाचार प्रकाशनले नागरिकको मन जित्न नसक्ने भएकाले लेखाईलाई रुपान्त्रण गर्न आवश्यक छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले जनमैत्री पत्रकारिता अहिलेको आवश्यकता रहेको औँल्याए ।

उनले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि कुठाराघात भएको भन्दै यसको अन्त्य हुन जरुरी रहेको बताए । महासंघका कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापाले पत्रकार आवाजविहीनको आवाज हुनुपर्नेमा जोड दिए । यस्तै महासंघका पुर्व अध्यक्ष तथा नागरिक अगुवा पिताम्बर ढकालले संख्यात्मक मात्र नभई गुणत्मक पत्रकारिताको विकासमा जोड दिनुपर्ने बताए ।

यस्तै नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाले ९ जना पत्रकारलाई सम्मान गरेको छ ।
मंगलबार महासंघको २५औँ वार्षिक साधारणसभाको अवसरमा जिल्लामा क्रियाशील पत्रकारलाई विभिन्न विधामा सम्मान गरेको हो ।

महासंघले चार जनालाई १० हजार राशिको विकास तथा शान्ति पत्रकारिता पुरस्कार प्रदान गरेको छ । गत वर्षको पुरस्कार कान्तिपुरकर्मी चाँदनी कठायत र रेडियो नेपालमा कार्यरत डम्मर आचार्यलाई प्रदान गरिएको छ । त्यस्तै यस वर्षको पुरस्कारबाट देवीराम देवकोटा र रेडियो नेपालका भानुभक्त खड्का पुरस्कृत भएका छन् ।

यस्तै, १० हजार राशिकै खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कार इमेज टेलिभिजनमा कार्यरत मानबहादुर ओली र सुनगाभा टेलिभिजनका संवाददाता खिम बुढाले पाएका छन् । यसैगरी अन्नपूर्ण पोष्टमा कार्यरत ललित वुढा र रेडियो भेरीका मधुवन बीसीलाई ५ हजार राशिको वर्ष पत्रकारिता पुरस्कार दिइएको छ ।
५ हजार राशिको नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कारबाट युगआव्हान दैनिकमा कार्यरत गीता थापा पुरस्कृत भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close