
कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा एकजनाको मृत्यु भएको छ।
मंगलबार राति सप्तरीको राजविराज नगरपालिका–६ का ७२ वर्षीय वृद्धको पुरुषको मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले जानकारी दिए ।
हप्ता दिनभन्दा बढी समयदेखि रुघखोकी तथा ज्वरो आएपछि ती वृद्धको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
संक्रमण पुष्टि भएपछि अस्पताल ल्याउने क्रममै उनको मृत्यु भएको झाले बताए । मृतक थाइराईड तथा मुटु सम्बन्धित रोगबाट समेत ग्रसित थिए । मृत वृद्धको ट्राभल हिस्ट्री थिएन ।