गर्भमा हुँदा मगनी ,बच्चा जन्मे पछि विवाह

हुम्लाकाे सर्केगाड गाउँपालिका-३ स्थित उनापानीकी १९ वर्षीय हस्ताकला फडेरा मगनी भएकाे छ । उनी पेटीभित्रै हुँदा नै उनकी आमा र गाउँकै हिराजन कार्कीको आमाबीच मगनी सम्झौता भएकाे हाे । गर्भमा हुँदा नै मगनी भएसँगै फडेराकाे विवाह कार्कीसँग हुने पक्का भएकाे हाे ।

उनीहरु २० वर्ष कटेपछि विवाह गर्ने किशोरी फडेराले बताइन् । ‘मलाई केही थाहा छैन, आमाबुबाले म नजन्मदै गाउँकै केटालाई दिने बचन गर्नु भएछ,’ उनले भनिन ‘अब विवाह गर्न मात्रै बाँकी हाे ।’ याे उनीहरूकाे मात्रै समस्या हाेइन पूरै गाउँमा पहिलादेखि नै यस्ताे चलन रही आएकाे छ ।

गाउँमा यी प्रतिनिधि पात्र हुन् । उनी जस्तै गाउँका अधिकांश किशोरीहरु गर्भमा नै हुँदा मगनी भइसकेका छन् । कर्णाली एकीकृत ग्रामीण विकास केन्द्र (किर्डाक) नेपालकाे सचेतना मूलक कार्यक्रमले पछिल्लाे समय केही सुधार भएकाे छ । किर्डाकका संयोजक गोविन्द लामिछानेले बालविवाह, बहुविवाह र छाउपडीसम्बन्धि संचेत गराउन आफू लागि परेको बताए ।

गाउँमा पहिलेदेखि नै चल्दै आएकाे यस्ता परम्परा परिवर्तन हुने सर्केगार्ड गाउँपालिका अध्यक्ष कृष्णा रोकायाले बताए । उनले भने ‘गाउँमा पहिलेदेखि चल्दै आएकाे संस्कृति भनेर कुरीति काम हुँदै आएकाे छ । जसलाई परिवर्तन गर्न नीति बनाउने छाैँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close