मोटर साइकल वर्कशपमा एक आमा

ग्राहकहरू माझ सरू भनेर चिनिने सरस्वती ४३ वर्षकी भइन्। उनी मोटरसाइकल मर्मत-सम्भार गर्छिन्।रातोपुलस्थित आशिष मोटर साइकल वर्कशपमा काम गर्छिन् सरस्वती सुवाल।  उनले पूर्ण रूपमा काम थालेको करिब १५ वर्ष भयो। ३३ सालमा चितवनको नारायणघाटमा जन्मेकी सरस्वती परिवारकी जेठो सन्तान हुन्।

उनका दुई बहिनी र एक भाइ छन्। उनले गाउँनजिकैको स्कुलमा ६ कक्षासम्म पढिन्। त्यसपछि घरको समस्याले गर्दा पढाइ रोक्न बाध्य भएको उनी बताउँछिन्। १३ वर्षको कलिलो उमेरमा ज्ञानतिर ध्यान दिनुपर्नेमा उनको ध्यान पैसातिर मोडियो। १८ वर्षको उमेरमा आफूखुसी रोजेर सुटुक्क बिहे गरेकी सरस्वती प्रेम विवाह गरेकी थिईन्।

श्रीमानलाई पनि वर्कशपको काम आउने भएकाले त्यसैमा लगानी गरेको उनी बताउँछिन्। उनले पनि अर्काको काममा जान रूचि नभएपछि वर्कशपकै काम सिक्ने निधो गरिन्। विस्तारै सरस्वती बाइकका सरसामानसँगसँग परिचित हुँदै गइन्। छोराकि आमा सरस्वती हुँर्कदै गयो तर उनले काम सिक्न भने छोडिनन्।

बाइक बनाउनु केटा मान्छेले मात्र गर्नसक्ने काम ठानेकी उनमा छोरी मान्छेले पनि सक्दा रहेछन् भन्ने आत्मविश्वास बढ्दै गयो। त्यसपछि उनले श्रीमानकै सल्लाहमा बालाजुमा रोयल इन्फिल्डका बाइक बनाउनले तालिम लिन गइन्। उनले बाइक बनाएको देख्दा ग्राहकले पनि उनलाई हौसला दिन्थे। कसैले त ‘यो रोयल इन्फिल्ड बाइक हो, सक्नुहुन्छ त?’ भनेर सोध्दा हाँस्दै उनीहरूकै अगाडि बनाइदिने गरेको उनी बताउँछिन्।

काम जानेर आफ्नै वर्कशपमा उनी व्यस्त हुन थालिन्। पछि काममा राखेका कामदारलाई पनि उनी आफैंले सिकाइन्। उनका श्रीमान् कहिले वर्कशपमा बस्छन् त कहिले फिल्मको काममा जान्छन्। उनीहरूको एक छोराका साथै सानी छोरी पनि छन्। सरस्वतीले काम सिक्ने बेला काठमाडौंमा वर्कशपहरू थोरै थिए। राम्रो कमाइ हुन्थ्यो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close