पोषण योजना सम्बन्धी अभिमुखिकरण

सुर्खेत,२८ माघ । बहुक्षेत्रीय पोषण योजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कर्णाली प्रदेश योजना आयोगको आयोजनामा बुधबार वीरेन्द्रनगरमा सरोकारवालाहरुसँग अभिमुखिकरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पोषणमा अब्बल हुन मानिसमा जनचेतनासँगै बानीको विकास हुनुपर्ने बताए ।

बानी व्यवहार र सिकाई परिवर्तनको माध्यम विद्यालय भएकोले पोषण सम्बन्धी छुट्टै पाठ्यक्रम लागु गरिने बताए ।
यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा पोषणमा सुधार ल्याउने प्रयास गरेको बताए ।

अभिमुखिकरणमा कर्णालीमा पोषणको अवस्था, भएका प्रयास र भावि योजनाका विषयमा सुझाव समेत सरोकारवालाबीच छलफल गरिएको छ ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सांसद, जनप्रतिनिधि, कर्मचारी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close