
खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका १४ वर्षीया राजु विक चैत १ गतेदेखि सुर्खेतको रंगशालाबाट बेपत्ता भएका छन् ।
मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताए ।
चैत १ गतेदेखि हराएका भाइको खोजी गरिदिन प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिएको विकले जानकारी दिए ।