
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका लागि तयारी सुरू भएको छ। भारतको गुजरातस्थित गान्धीनगरमा पुस २६ देखि २८ गतेसम्म हुने ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लाग्नु भएको हो। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्यपनि हो।
प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसारभारत जाने तयारी भएपनि अहिले निश्चित भइ नसकेको उहाले जानकारी दिनुभयो ।
देउवा पाँचौ पटक प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जानु भएको छैन। यसअघि स्कटल्यान्डको ग्लास्गोमा भएको कोप–२६ मा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जानु भएको थियो।