नेकपा एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गते बस्ने

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक यहीँ माघ २९ गतेबाट शुरु गर्ने भएको छ । प्रतिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भए पश्चात् एमालेले केन्द्रीय कमिटीको पाँचौं बैठक २९ बाट शुरु गर्ने भएको हो ।
गत मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकको अजेण्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ ।
बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close