काङ्ग्रेसका युवा नेता रामु गौतम सहित कार्यकर्ता राप्रपा प्रवेश

नेपाली काङ्ग्रेस वीरेन्द्रनगर नगरपालिका वडा न. २ का पुर्ब प्रधानपन्च एवम नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य नर बहादुर गौतम , नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि तथा झुप्रा बृहत खानेपानी सस्थाका कोषाध्यक्ष राम बहादुर गौतम , बीरेन्द्रनगर नगरपालिका बडा न. २ टोल कार्य समितिका सभापति गणेश बहादुर शाही सहित नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेस सुर्खेतमा प्रभाबशाली मानिने युबा नेता राम बहादुर गौतमलाई राप्रपाका केन्द्रिय उपाध्यक्ष तथा बीरेन्द्रनगर नगरपालिकाका मेयरमा उमेदवार मुकुन्द श्याम गिरिले पार्टीमा स्वागत गरेका छन । उपाध्यक्ष गिरीले राप्रपामा जनलहर बढ्दै गएको र अबको स्थानीय सरकारको नेतृत्व राप्रपाले लिने बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा राप्रपाका युवा नेता जनक ब. सिहं, क्षेत्रीय सचिव कमलदेव जिसी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close