गणतन्त्रवादीहरु एकजुट हुनुपर्नेमा पूर्वमन्त्री गहतराजको जोड

नेकपा माओवादी केन्द्र का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराजले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनमा सम्बोधन गर्दै उहाँले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले परिवर्तनका पक्षधरहरु एक हुनुपर्ने धारणा राख्नुभयो ।
न्याय र समानताको पक्षमा पत्रकार जगत क्रियाशील हुनुपर्नेमा जोड दिँदै उहाँले देश र जनताको पक्षमा सधैं उभिरहने प्रतिबद्धता समेत जनाउनु भयो । यस्तै, प्रेस सेन्टर, नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले जनताको ठूलो वलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको प्रमुख दायित्व रहेको बताउनु भयो ।
आईतबार सम्पन्न साधारणसभा तथा विशेष अधिवेशनबाट राजेश आचार्यको नेतृत्वमाजिल्ला समितिको नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close