
जर्जियाकी राष्ट्रपति सलोमे जोराबिचभिलीले विवादास्पद मिडिया विधेयकमा भिटो प्रयोग गरेकी छन् । उक्त विधेयको विरोधमा लगातार विरोध प्रदर्शन भइरहेका बेला राष्ट्रपतिले भिटो प्रयोग गरेकी हुन् ।
सरकारले पेस गरेको उक्त विधेयकमा जर्जियामा अब सञ्चारमाध्यम तथा गैरसरकारी संस्था (एनजीओ) ले २० प्रतिशतभन्दा बढी रकम विदेशबाट प्राप्त गरेमा विदेशी सहयोग लिन अनिवार्य दर्ता गर्नुपर्नेछ ।
राष्ट्रपति जोराबिचभिलीले विवादास्पद ‘विदेशी एजेन्ट बिल’ बाट उत्पन्न तनाव कम गर्ने प्रयासमा भिटो प्रयोग गरेको अल जजीराले जनाएको छ । यद्यपि, राष्ट्रपतिले प्रयोग गरेको भिटोले यो प्रस्तावित कानुनलाई कार्यान्वयनमा ल्याउन ढिलाइ मात्र गर्न सक्छ ।
संसदले अतिरिक्त मतदान गरेर राष्ट्रपतिको भिटोलाई निस्तेज गरिदिने पक्का छ । सत्तारुढ जर्जियन ड्रिम पार्टी द्वारा प्रस्तावित कानुनले एनजीओ र मिडिया आउटलेटले दर्ता गर्न विदेशबाट २० प्रतिशत भन्दा बढी रकम प्राप्त गर्नुपर्नेछ ।






