एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुँदै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिएका चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो ।

एमालेले छलफलका लागि नौवटा समूह बनाएको छ । समग्र केन्द्रीय कमिटीलाई नौवटा समूहमा विभाजन गरिएको हो । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको एउटा समूह बनाइएको छ ।

बुधबार बिहान ११ बजेबाट समूहगत छलफल शुरु गर्ने जनाइएको छ । छलफलबाट आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेपछि पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ ।

मंगलबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षा र विश्लेषण गर्नुभएको थियो ।

एमाले केन्द्रीय कमिटी बैठक बिहीबारसम्म चल्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close