अब जिल्ला प्रशासनमा राष्ट्रिय गानपछि मात्रैे प्रशासनिक काम सुरु हुने

सुर्खेत,७ फागुन । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा राष्ट्रिय गान पश्चात मात्रै प्रशासनिक काम कारबाही सुरु हुने भएको छ ।
शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा बिहान १० बजे सबै कर्मचारी जम्मा भई राष्ट्रिय गान बाचन गरेर कार्यालयको कामकाज सुरु गरेका हुन् ।

कार्यालयमा काम सुरु हुनु पुर्व नै राष्ट्रप्रतिको समर्पण भाव, प्रेम अनुसार जिल्ला प्रशासन कार्यालयबाट यसको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
‘कार्यालयमा आएर काम गर्नु जतिकै राष्ट्र र राष्ट्रियताप्रतिको माया र सदभाव पनि हो,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘अनुशासन र राष्ट्रप्रतिको समर्पण भाव राख्न अबदेखि प्रत्येक दिन १० बजे राष्ट्रिय गान गाएर मात्रै प्रशासनिक काम कारबाही र सेवा प्रवाह सुरु हुनेछन् ।’
क्रमश यो कार्यको थालनी सबै कार्यालयमा लागु गरिने प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close