Murti

सुर्खेतमा चार पालिकामा १५ शय्याका अस्पताल शिलान्यास 

खुमबहादुर वली / सुर्खेत ।

सुर्खेतका चार पालिकामा १५ शय्याका अस्पताल भवनको शिलान्यास गरिएको छ।

सुर्खेत निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका वीरेन्द्रनगर नगरअस्पताल, बराहताल अस्पताल, पञ्चपुरी अस्पताल र चौकुने अस्पतालको शिलान्यास गरिएको हो।

एक स्थानीय तह, एक अस्पताल बनाउने सरकारको योजना अनुसार चालु आर्थिक वर्षमा सुर्खेतका नौमध्ये आठ स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा देशभर ३९६ स्थानमा पाँच देखि १५ शय्याको अस्पताल सञ्चालन गरिँदैछ। त्यसैअन्तर्गत कर्णालीका ३९ स्थानीय तहमा अस्पताल सञ्चालन हुनेछन्। अस्पताल निर्माणका लागि हरेक अस्पताललाई एक करोड रूपैयाँ केन्द्र सरकारले पठाइसकेको राज्यमन्त्री रावतले बताए।

भवन निर्माणका लागि बहुवर्षीय योजनाका रूपमा १८ करोड रूपैयाँ दिने सुनिश्चितता गरिएको उनले बताए। पाँच वर्षभित्रमा नेपालका सबै स्थानीय तहमा ५ देखि १५ शय्याका अस्पताल बनाउने लक्ष्य रहेको राज्यमन्त्री रावतले बताए।

हिमाली क्षेत्रका केही जिल्लामा २५ शय्याको र प्रायः सबै जिल्ला अस्पताललाई ५० श्ययामा विस्तार गर्ने काम भइसकेको उनले बताए। प्रदेश अस्पतालहरूलाई ३०० श्ययाका तथा संघीय सरकार मातहतमा रहेका १३ अस्पताल र ६ प्रतिष्ठान गरी १९ वटा अस्पतालाई ५०० श्ययामा विस्तार गर्न लागिएको राज्यमन्त्री रावतले बताए।

उनका अनुसार यसअघि सरुवा रोग अन्वेषण अस्पताल काठमाडौंको टेकुमा मात्र रहेकोमा अब सातवटै प्रदेशमा ल्याबसहितको ५० श्ययाको सरुवा रोग अस्पताल बनाउने निर्णय गरी पहिलो चरणको बजेट समेत पठाइसकिएको छ।

यसअघि ट्रमा सेन्टर काठमाडौंमा मात्र रहेकोमा अब सात वटा प्रदेशको दश स्थानमा ५० श्ययाका बनाउने निर्णयगरी सेवा शुरू भइसकेको उनले बताए।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close