वृहत लोकतान्त्रिक समूहलाई मतदान गर्न सुर्खेत काँग्रेसको आह्वान

सुर्खेत। नयाँ कार्यसमिति चयनका लागि वैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनमा रहेको बृहत लोकतान्तिक साझा व्यावसायिक समूहलाई मतदान गर्न नेपाली काँग्रेस सुर्खेतले आग्रह गरेको छ।
हालका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले नेतृत्व गरेको ‘बृहत लोकतान्त्रिक साझा व्यवसायी समूह’का उम्मेदवारहरुलाई मतदान गर्न नेपाली काग्रेस जिल्ला कार्य समिति सुर्खेतले आह्वान गरेको हो।
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा लोकप्रिय तथा स्थापित व्यवसायी हर्षविक्रम खड्का अध्यक्ष पदको उम्मेदवार रहेको प्रतिगमनविरुद्ध बनेको पाचँ दलीय गठबन्धनमा आवद्ध व्यवसायीहरुको समूह चुनावी प्रतिस्पर्धामा छ, उक्त समूहलाई विजयी गराउनु नेपाली कांग्रेसले आफ्नो दायित्व ठानेको छ, बिहिवार जारी आह्वान पत्रमा भनिएको छ, ‘त्यसर्थ नेपाली कांग्रेसमा आवद्ध र सम्पूर्ण व्यवसायीहरुलाई आफ्नो अमूल्य मत दिनको लागि हार्दिक आह्वान गर्दछौं

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close