राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय कमिटी बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न रास्वपाले सोमबार केन्दीय कमिटी बैठक बोलाएको हो ।
उसले राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्नेबारे निर्णय लिने बताएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।
कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close