सुर्खेत आँखा अस्पतालका डा. सुवेदीलाई ‘आइ हेल्थ हिरो’ अन्तराष्ट्रिय अवार्ड

आँखा क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत सुर्खेत आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. शक्ति सुवेदी आइ हेल्थ हिरो अवार्ड २०२० को फ्युचर लिडरमा छनौ भएका छन् ।
द इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ व्लाइडनेशले आँखा क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने चिकित्सकहरुलाई तीनवटा विधाबाट आई हेल्थ हिरो अवार्ड दिने गरेको छ । ती विधाहरु चेन्जमेकर, फ्युचर लिडर र इनोभेटर रहेका छन ।
यसपटक फ्युचर लिडर विधाबाट आई हेल्थ अवार्ड डा सुवेदीले प्राप्त गरेका हुन ।
डा. सुवेदी नेपाल रेडक्रस सोसाइटी सुर्खेतले स्वीस रेडक्रसको सहयोगमा सुर्खेतमा सञ्चालन गरेको सुर्खेत आँखा अस्पतालमा कार्यरत रहेका छन । डा. सुवेदी नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ३ बर्ष अघि पढाइ सकेर कार्यरत रहेका छन् ।
‘कर्णाली प्रदेशका दुर्गभ क्षेत्रहरुमा प्रदेश सरकार र स्थानीय पालिकाहरुको सहयोगमा कर्णालीका दुर दजारमा पुगेर आँखा रोग रोगथाम, दृष्टीजाँच, आँखा स्वास्थ्य सम्वन्धी जनचेतना जगाउने कार्यमा लागेको थिए । द इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ व्लाइडनेशले त्यसैको कदर गर्दै मलाइ पनि पुरस्कृतका छनौट गरेछ । यसले मलाइ कर्णालीका दुरदराजमा गएर काम गर्ने उर्जा मिलेको छ,’ डा सुवेदीले गुराँस खबरलाई भने ।
द इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ व्लाइडनेशले नीति नियम निर्माण र कार्यन्वयन क्षेत्रका काम गर्दै आएका चिकित्सकलाई फ्युचर लिडर विद्यामा हरेक बर्ष पुरस्कृत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close