Murti

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकको दुई दिने अल्टिमेटम

त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरु आफ्नो पेशागत हक, हित र सुरक्षाका निम्ति पछिल्लो समयमा आन्दोलनरत छन् । विश्वविद्यालयमा कार्यरत सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करारमा नियुक्ति गरेकोमा श्रमको उचित मूल्याङ्कन गर्नुपर्ने उनीहरुले बताएका छन् । विश्वविद्यालयका पदाधिकारीहरुले विश्वविद्यालयलाई नै बन्धक बनाएर आफ्ना नितान्त व्यक्तिगत स्वार्थपूर्तिमा लागेको उनीहरुले आरोप लगाएका छन् । आंशिक प्राध्यापकहरुको व्यवस्थापन कार्यदलले प्राध्यापकहरुको मर्म विपरित एकतर्फी रुपमा कार्यकारीका नाउमा निर्माण गरिएको ‘त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धि निर्देशिका २०७७’ प्रति आंशिक प्राध्यापक संघ सुर्खेतले घोर निन्दा एवम् खेद प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ ।

‘त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धि निर्देशिका २०७७’ लागु सम्बन्धि कुनैपनि कार्य नगर्न माग गर्दै उनीहरुले त्यसको लागि लिखित प्रतिवद्धता आउनु पर्ने बताएका छन् । आफ्नो माग २ दिन भित्र पूरा नगरेमा कडा भन्दा कडा आन्दोलनमा उत्रिने, तालाबन्दी गर्ने र क्याम्पसका कुनैपनि कार्यक्रममा सहभागी नहुने आंशिक प्राध्यापक संघ सुर्खेत एकाई समितिले जनाएको छ ।

आन्दोलनमा उत्रिन बाध्य पारेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी विश्वविद्यालय एवम् क्याम्पस प्रमुखले लिनु पर्ने सुर्खेत एकाई समितिका अध्यक्ष जागेश्वर उपाध्यायले बताए । एक वर्ष अध्यापन गरेका प्राध्यापकहरुलाई समान कामको समान ज्याला दिनु पर्ने एकाई समितिका सचिव छविलाल आचार्यले बताए । तालाबन्दीको कार्यक्रम समेत प्रभावकारी नभएमा थप आन्दोलनका कार्यक्रमहरु गर्ने सचिव आचार्यको भनाई थियो । यसका लागि सम्पूर्ण संघ संगठनहरुले सहयोग गरिदिन समेत उनले अनुरोध गरे ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close