लेकवेशीको साटाफाँटामा गठबन्धनको बृहत आमसभा

सुर्खेत । नेपाली कांग्रेसले लेकवेशी नगरपालिका–१० साटाफाँटमा बृहत चुनावी आमसभा सम्पन्न गरेको छ । साटाफाँटामा भएको चुनावी सभामा नेपाली कांग्रेस प्रदेश कार्यसमिति कोषाध्यक्ष खगिसरा आचार्यले अघिल्लो निर्वाचनमा प्राविधिक कारणले कांग्रेस पराजित भएपनि यस पटक ठूलो मतान्तरका साथ विजयी हुने बताउनु भयो ।
नेपाली कांग्रेस सुर्खेतका उपसभापति विष्णुबहादुर खड्काले सुर्खेतका सबै पालिकाहरुमा कांग्रेस र गठबन्धनका उम्मेदवारहरु विजयी हुने बताए । उनले जनप्रतिनिधि नभएरै पछिल्ला पाँच वर्षसम्म कांग्रेसबाट मेयरका उम्मेदवार उमेश पौडेलले जनतालाई गरेको सेवा र सहयोग महत्वपूर्ण रहेको बताउनु भयो ।
गठबन्धन दलबीच भएको सहमति अनुसार लेकवेशीमा मेयरमा नेपाली कांग्रेसबाट उमेश पौडेल र एकीकृत समाजवादीबाट उपमेयरको उम्मेदवारमा देउकली थापा छन् ।
मेयर उम्मेदवार पौडेलले कांग्रेसप्रति जनलहर बढ्दै गएकाले गठबन्धनबाट उम्मेदवारी दिएका सबै उम्मेदवारहरु विजयी हुने बताए । उनले लेकवेशीलाई कृषिमार्फत समद्ध बनाउने आफ्नो योजना कार्यान्वयन गर्ने बताउनु भयो ।

उपमेयरका उम्मेदवार देउकली थापाले गठबन्धनप्रति जनताको आस्था र विश्वास रहेकाले गठबन्धन दलका उम्मेदवारहरु विजयी हुने बताउनु भयो । लेकवेशी–१० का वडासभापति एवम् वडाध्यक्षका उम्मेदवार परशुराम भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य टोपबहादुर टंलामी, जिल्ला कार्यसमिति सदस्य भूपेन्द्र खड्का, टेकबहादुर गुरुङलगायतले बोलेका भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close