कर्णाली प्रदेशमा एक राज्यमन्त्री सहित ५ मन्त्रीको सपथ, मन्त्रीमण्डलले पायो पूर्णता

सुर्खेत ११, माघ ।
कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयता शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधार ९ बमोजिम कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो ।
नेकपा एमालेबाट मन्त्री बन्नु भएको सामाजिक विकास मन्त्री टेकराज पछाई,  उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले शपथ लिनुभएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट भूमि, व्यवास्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा,  आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले पद तथा गोपनीयताका शपथ ग्रहण गर्नुभएको हो ।
यस्तै नेकपा माओवादीबाट भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयको राज्य मन्त्रीमा उर्मिला विश्वकर्माले समेत मुख्यमन्त्री राजकुमार शर्मा समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
नयाँ मन्त्री एवम राज्यमन्त्रीलाई कर्णालीका मुख्यमन्त्री शर्माले आजै नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नियुक्त गर्नुभएको थियो ।
यस्तै, गत पुस २८ गते विना विभागीय मन्त्रीमा नियुक्त हुनुभएका विनोदकुमार शाहा आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री बन्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close