भारतमा तीव्ररुपमा फैलिदै ओमिक्रोन, संक्रमितको संख्या डेढ सय नाघ्यो

 

काठमाडौं ः भारतमा कोभिड (१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५३ पुगेको छ। यो भाइरसबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ।

आइतबार मात्रै महाराष्ट्रमा ६ र गुजरातमा ४ नयाँ संक्रमित थपिएका थिए। देशका १२ राज्यमा फैलिसकेको ओमिक्रोनबाट संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको छ ।

हाल महाराष्ट्रमा ५४, दिल्लीमा २२, तेलंगानामा २०, राजस्थानमा १७,कर्नाटकमा १४, गुजरातमा ११, केरला आन्ध्र प्रदेश, चंडीगढ,तमिलनाडु र पश्चिम बंगालामा ओमिक्रोनका बिरामी भेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close