स्वास्थ्य मन्त्री ढकालले मागे पुनसंग स्पष्टिकरण, चिकित्सक माथि बारम्बार किन खनिदै छ राज्य ?

काठमाडौँ – दिनरात नभनी ठुलो साहसका साथ कोरोना विरुद्धको युद्धमा अग्रमोर्चामा लडिरहेका डक्टर हुन् सेरबहादुर पुन । उनै डा. पुनलाई सरकारले कारवाही गरेको छ । त्यो पनि स्वास्थ्य मन्त्री भानुभक्त ढकालको ठाडो निर्देशनमा ।

डा.सेरबहादुर पुन । नेपालमा कोरोना संक्रमणबाट बच्नका लागि तल्लो तहका जनतासम्म कोरोनाबारे सल्लाह दिने र सचेत गराउने काममा यी डक्टरले दिन १ देखि नै अमूल्य योगदान गरेका छन् । बोल्नै नचाहने, सुचना दिनै नचाहने चिकित्सकहरुकाबीच डा. पुनलाई संकटको घडीमा थुप्रै मिडियाले पछ्याए ।

आफ्नो चिकित्सकीय जिम्मेवारीलाई असर नगर्ने गरी भ्याएसम्मका मिडियालाई अन्तरवार्ता र सुचना दिए । सर्वसाधरणले बुझ्ने गरी सरल भाषामा उनको चिकित्सकीय सुझावलाई लाखौँ मानिसले ग्रहण गरे । जुन सुचनाका आधारमा अहिले आम नेपाली कोरोना विरुद्धको युद्धमा सतर्क छन् ।

 

त्यही सुचना दिने र कोरोना संक्रमणको जाँच गरिरहेका, उपचार गरिरहेका डा. पुनलाई सरकारले कारवाही गरेको छ । त्यो पनि स्वास्थ्य मन्त्री भानुभक्त ढकालको ठाडो निर्देशनमा ।

कारवाही गर्नुको कारण अझै थाहा भएको छैन । तर यो संगिन घडीमा पुनलाई पुरस्कृत गर्नुपर्ने हो की कारवाही ? सञ्चार माध्यममा अन्तरवार्ता दिएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको छ । कोरोनाबारे सचेताना फैलाउनु पुनको कमजोरी हो ? जनतालाई रोगबाट बचाउन सहयोग गर्नु अपराध हो ? कदापी होइन ।

बरु मन्त्रालयका जिम्मेवार डाक्टरहरुले गर्नु पर्ने काम यीनै पुनले गर्दै आएका छन् । डा पुनले आफ्ना लेख र धारणाहरुमा गरिने आलोचनाहरुले आफूलाई कुनै  असर नगर्ने बताउको थियो  ।

डा पुन टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक समेत हुन् । उनी लगायत केही चिकित्सक र नर्सहरु खुब मेहेनत गरेर काम गरिरहेका छन् । यस्तो बेलामा उनीहरुलाई हतोचतसाहित गर्ने काम गर्नु सरकारको ठुलो मुर्खता हो । चिकित्सकहरु भन्द्धन की यो बेला कसैलाई हतोत्साहित गर्ने समय होइन ।

कहिले ड्युटी सकेर घर फर्किरहेका चिकित्सकमाथि लाठी बर्साएको छ कहिले कोरोनाको अग्रमोर्चामा रहेर युद्ध मैदान सम्हालेर काम गरिरहेका डाक्टर माथि अनावश्यक कारवाही गर्दै शक्तिको दुरुपयोग गर्ने । के सरकारका मन्त्रीको मगज त ठिकै छ ? के यीनिहरु स्वविवेकपूर्ण काम गर्न सक्ने अवस्थामा त छन् ? यदी मगज फुस्कीएकै हो भने स्वास्थ्य मन्त्री ढकाललाई जिम्मेवारी छाडेर घर बस्न वरिष्ठ अधिवक्ता संग्रौला सुझाव दिन्छन् ।

सरकारका मन्त्रीहरु किन यतिविघ्न संकिर्ण बनेका होलान् ? आफू पनि गर्न नसक्ने अरुले गरेको पनि देखि नसहने सरकारका अधिकारीहरुलाई खबरदारी गर्नै पर्छ । मन्त्री ढकालले डा. पुनलाई गरिएको कारवाहीस्वरुपको स्पष्टीकरण पुनर्विचार गर्नै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close