सुर्खेतको गुटुमा १२ वर्षदेखि निर्माणधिन स्वास्थ्य चौकी अलपत्र

कमल कुमार न्यौपाने
सुर्खेत ५ , माघ ।
१२ बर्ष अगाडि निर्माण थालेको सुर्खेत चौकुने गाउँपालिका ८ गुटुको स्वास्थ्य चौकीको भवन अलपत्र परेको छ । १ बर्षमै निर्माण गरी सर्वसुलव सेवा दिने गरी निर्माण थालिएको भवन समयमै नबन्दा स्थानीयले सेवा समेत लिन असहज भएको छ ।
१ बर्ष भित्र निर्माण सम्पन्न गर्ने भन्दै २०६६ सालमा मैनाचुली–सुरुची जेभीले साढे १४ करोड रुपैयाँमा निर्माणको सम्झौता गरेको थियो । तर ठेकेदार कम्पनीको बदमासी र सरकारी निकायको उदासिनका कारण भवन अलपत्र छ । कम्पनीले भवन निर्माणमा कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयस्तरबाट अख्तियारमा गुनासो गएपछि निर्माणको काम रोकिएको थियो ।
भवन समयमै नबन्दा स्थानीयले निकै कष्ट भोगेका छन् । स्वास्थ्य संस्थामा प्रयाप्त भवन नहुँदा कर्मचारी व्यवस्थापन देखि सेवा प्रवाहमा समेत समस्या परेको छ । अहिले भवन नबन्दा १० मिनेटमा हुने काम एक घण्टासम्म लाग्ने गरेको छ ।
आर्थिक वर्ष २०६६÷०६७ मा भवन निर्माण सम्पन्न नहुँदै साविकको शहरी विकास तथा भवन डिभिजन कार्यालयले भुक्तानी दिएको प्रमाणका आधारमा अख्तियारले तत्कालीन कार्यालय प्रमुख, लेखापाल र निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


स्वास्थ्य चौकी भबन बनाउने भन्दै २०६६ सालमा निमार्ण सुरु गरिएको स्वास्थ्य चौकि भवनको आधा मात्र काम गरी अलपत्र अवस्थामा छोडिएको हुदा स्थानियहरुमा पनि दैनिक स्ववस्थ्य सेवा लिन असहज हुने गरेको छ । अहिले सानो टिनको छाप्रोबाट स्वास्थ्य चौकिले सम्पुर्ण सेवा दिनु परेको छ । गुटु स्वास्थ्य चौकी की कर्मचारी दिपा बि क ले बताउनु भयो ।
सम्झौतापछि पटक–पटक म्याद थप गर्दै आएको ठेकेदार कम्पनीले मापदण्ड अनुसार भवन निर्माण नगर्दा धेरै सास्ती भएको हो । स्वास्थ्य चौकीको भवन अलपत्र पर्दा साविक गाउँ विकास समितिले बनाएको सानो पातावाला भवनको एउटै कोठाबाट सबै सेवाहरू दिनुपर्ने बाध्यता हुँदा गुणस्तरीय स्वास्थ्य सेवा दिन असम्भब जस्तै छ ।
नाम दर्ता, ड्रेसिङ, खोप लगाउने, भिटामिन खुवाउने र गर्भवती जाँच लगायतका सबै सेवा एउटै कोठाबाट दिन बाध्यता रहेको गुटु स्वास्थ्य चौकीका प्रमुख ईन्द्रबहादुर जैसुरीले बताउनु भयो ।
हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । अदालतमा बिचाराधिन मुद्धा भएकाले समेतभवन निर्माणको काम कति लम्बिनी हो भन्ने टुंगो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close