आगामी वर्षको बजेटलाई बाहुबली विनियोजन विधेयक राखे हुन्छ : सांसद सिंह

सांसद डा. अमरेशकुमार सिंहले आगामी वर्षको बजेटलाई बाहुबली विनियोजन विधेयक राख्न सुझाव दिनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदै सांसद सिंहले यस्तो सुझाव दिनुभएको हो ।

सांसद सिंहले सरकारले आगामी वर्षको बजेटलाई बहुबली बजेटका रुपमा प्रश्तुत गरे हुने टिप्पणी गर्नुभयो । उहाँले ठूला नेताहरुको क्षेत्रमा धेरै बजेट राखेर बजेट आउने गरेकाले बहुबली विनियोजन विधेयक राख्दा हुने बताउनुभयो । उहाँले ठूला नेताको क्षेत्र केन्द्रित २ देखि ४ अर्ब रुपैयाँको बजेट छुट्याएर बजेट आउने गरेकाले मुलुकको विकास हुन नसकको बताउनुभयो ।

सांसद सिंहले अब सबै नेताहरुले अब देश बिग्रन नदिने अठोट गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले बजेट ठूला नेता भएको आधारमा भन्दा पनि आवश्यकताका आधारमा विनियोजन हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले परियोजना बैंकको आधारमा बजेट विनियोजनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले मुलुक अहिलेसम्म पछाडि पर्नुको कारण उचित ठाउँमा लगानी नहुनु रहेको दाबी गर्नुभयो । सांसद सिंहले लगानीको प्रतिफल आउन नसकेको बताउनुभयो ।

सांसद सिंहले बजेटको प्राथमिकता उचित ठाउँमा भएको भए प्रतिफल प्राप्त हुने बताउनुभयो । उहाँले कृषिको प्रतिफल समेत आउन नसकेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close