प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ ।

अहिले केहीबेर अघि सिंहदरबारमा बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना,  कानुन, न्याय र संसदीय मामिला मन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close